Comments Add Comment

युट्यबुरले बनाए संसारकै चम्किलो टर्च लाइट

२१ साउन, काठमाडौं । युट्यबुर ह्याकस्थिमले हालै आफ्नै पूरानो रकेर्ड भङ्ग गर्दै संसारकै सबैभन्दा चम्किलो एलइडी फ्लास टर्चलाइट बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌ पनि उनको त्यो किर्तिमानको पुष्टि गरेको छ ।

उनले तयार गरेको नाइटब्राइट ३०० नामक एलइडी टर्चलाइटमा ३० सय भन्दा एलइडी बल्ब राख्न सकिन्छ ।

खास नाम जेम्स हबसन रहेका क्यानेडाली युट्युबर ब्लाकस्मिथले यसअघि हलिउड फिल्म स्टारवार्समा प्रयोग भएको काल्पनिक प्रोटो लाइट्सएबर (चम्किलो लेजर तरबार) लाई यथार्थमा निर्माण गरेर पनि रेकर्ड कायम गरेका थिए ।

जेम्सको युट्युब च्यानलको नाम ह्याकस्मिथ हो। उनले हालै जुन किर्तिमानी टर्च लाइट बनाएका छन् त्यसको चमक ५०१०३१ ल्यूमेन छ । यो हालसम्मकै धेरै चम्किलोपना रहेको टर्च लाइट हो ।

सामान्य भाषामा बुझ्दा हालसम्म बजारमा उपलब्ध सबैभन्दा शक्तिशाली फ्लासलाइट मा १८ वटा सम्म एलइडी राखिएको हुन्छ र त्यसको चम्किलोपना १ लाख ल्यूमेन हुन्छ । त्यस्तै फुटबल रंगशालामा फ्लडलाइट्स अधिकतम २ लाख ५० हजार ल्यूमेन क्षमताको हुन्छ ।

इस यूट्यूबर ने बनाई दुनिया की सबसे तेज रोशनी वाली एलईडी फ्लैशलाइट

स्मरण रहोस् यसअघि पनि साम शेफर्ड नामका एक युट्युबरले ७२ हजार ल्यूमेन क्षमताको एक एलइडी मेगा टर्च बनाएका थिए ।

ब्लाकस्मिथले बनाएको एलइडी लाइट फुटबल रंगशालाको फ्लडलाइट भन्दा पनि दोब्बर चम्किलो छ । उनको यो लाइट यति चम्किलो छ कि त्यसमा फुटबल खेल नै सम्भव हुनेछैन । बढि प्रकाशका कारण त्यहाँ खेलाडिहरु तथा बल नै प्रष्ट देखिनेछैन ।

यस्तो जबरजस्त चमकलाई एक ठाउँमा केन्द्रित गर्नका लागि जेम्सले एक विशिष्ट दिशामा रिडिङ म्याग्निफायरको प्रयोग गरे र प्रकाशलाई एक खास दिशामा प्रवाहित गरे, ता कि यसले एक टर्चले जस्तै काम गरोस् ।

इस यूट्यूबर ने बनाई दुनिया की सबसे तेज रोशनी वाली एलईडी फ्लैशलाइट

त्यसका लागि उनले ५० वटा बोर्ड बनाए र प्रत्येक बोर्डमा ६ वटा एलइडी लाइट लगाए । ती सबै बोर्ड एउटै ब्याट्रीबाट चल्दछन् । नाइटब्राइट ३०० टर्चलाइटमा विभिन्न मोडहरु जस्तै लो, मिडियम तथा टर्बो दिइएको छ, जसले त्यसबाट निस्कने प्रकाशलाई विभिन्न ढाँचा र शक्तिका साथ फ्याँक्दछ ।

आफुले तयार गरेको टर्च लाइटलाई क्लासिक लूक्स दिनका लागि उनले त्यसमा कालो स्प्रे पेन्ट गरेका छन् । उक्त टर्चलाइटको चमक मापनका लागि उनले एक क्रुक्स रेडियोमिटरको प्रयोग गरे ।

इस यूट्यूबर ने बनाई दुनिया की सबसे तेज रोशनी वाली एलईडी फ्लैशलाइट

यो त्यस्तो उपकरण हो जुन तीव्र प्रकाशको सम्पर्कमा आएसँगै तीव्र गतिमा चल्न थाल्दछ । नाइटब्राइट ३०० को प्रकाश यतितीव्र थियो कि त्यसबाट क्रुक्स रेडियोमिटर नै विस्फोट भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment