Comments Add Comment

मालपोत कार्यालयमा लाइन बसेकी वृद्धाको मृत्यु

२१ साउन, हेटौंडा । हेटौंडामा मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।

आफ्ना चार जना छोराको अंशबण्डाका लागि कार्यालयमा आएकी हेटौंडा उपमहानगरपालिका–६ चौघडाकी ७५ बर्षकी पञ्चमाई गौतम लाइनमा बसेकै अवस्थामा ज्यान गएको छोरा मुकुन्द गौतमले बताए ।

लाइनमा बस्दाबस्दै उनी एक्कासी ढलेकी थिइन् । उनको मृत शरीरलाई निकै समय मालपोत कार्यालय परिसरमै राखिएको थियो । कर्मचारीले मोठ भिडाउने क्रममा आवश्यक पर्ने भन्दै शारीरिक रुपमा बृद्ध महिलालाई लाइनमै बस्न भनेका थिए । कर्मचारीले शारीरिक रुपमा अशक्त रहेपनि काम चाँडो गर्नु भन्दा गर्मिको समयमा भीडमा राख्दा उनि बेहोस भएको प्रतक्षदर्शिले बताए ।

लेखापढी व्यवसायी मार्फत काम थालिएको भएपनि उनी बिहानैदेखि लाइनमा रहेको सेवाग्राहीले बताए । व्यवस्थापकीय कमजोरीका कारण घटना भएको कार्यालय प्रमुख रामचन्द्र भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment