+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महेन्द्र विष्टद्वारा एनटिभीको कार्यकारी अध्यक्ष पदबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते ८:२९

२२ साउन, काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन् ।

तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको पालामा चार वर्षका लागि नेपाल टेलिभिजनमा नियुक्त भएका विष्टले वर्तमान प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विहीबार राजीनामा दिएका हुन् ।

विष्टले आफ्नो कार्यकालमा नेपाल टेलिभिजनका सबै च्यानलहरूलाई एचडी प्रविधिमा रुपान्तरण गर्ने, रुग्ण आयोजनाको रुपमा रहेको इटहरी प्रसारण केन्द्रको भवन निर्माण कार्य सम्पन्न गरी एनटीभी इटहरी च्यानल सञ्चालन गर्ने, एनटीभी कोहलपुर प्रसारण केन्द्रलाई एनटीभी कोहलपुर च्यानलका रुपमा चौबीसै घण्टा नियमित प्रसारणमा ल्याउने, डिजिटल प्लेटफर्ममा नेपाल टेलिभिजनको बलियो उपस्थिति गराउने लगायतका कार्यहरू भएको उल्लेख गरेका छन् ।

दुई दशकभन्दा लामो समयदेखि मूलधारको पत्रकारिता गरेका विष्टले नेपाल पत्रकार महासंघको अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?