+
+
Shares

कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते ९:१५

२२ साउन, काठमाडौं । संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउन लागेको हो ।

प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीं प्रतिवेदन बुझाइने कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीले जानकारी दिए ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले दुई साता लगाएर गठबन्धन सरकारले गर्नुपर्ने कामहरुको प्राथमिकीकरण गरेको कार्यदलका एक सदस्यले बताए । सरकार सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले प्राथमिकता निर्धारण गरेको कार्यदलले जनाएको छ ।

कार्यदललमा कांग्रेसबाट संयोजक खड्कासहित डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?