
नायिका मलिका महत्तलाई चलचित्रको अफर धेरै छ । पहिलो चरणको लकडाउनपछि मलिकाले अभिनय गरेका म्यूजिक भिडियोले बजारमा सफलता पाएपछि उनको माग चलचित्रमा पनि चुलिएको हो ।
तर, कुनै पनि चलचित्रका लागि मलिकाले संझौता भने गरिसकेकी छैनन् । चलचित्र ‘नाई नभन्नु ल ६’का लागि मलिकासँग यसको निर्माणपक्षले कुरा अगाडि बढाएको थियो । तर, चलचित्रको काम सुरु गर्ने तयारीमा यसका निर्माणपक्ष विकासराज आचार्य रहेको समयमा कोरोनाको दोश्रो लहर सुरु भयो । जसलेगर्दा, चलचित्रको सबै काम रोकिएको छ ।
नायिका मलिका महत्तले पनि आफूलाई यो चलचित्रबाट अफर आएको स्विकार गरेकी छिन् । तर, चलचित्रको बिषयमा कुरा भएपनि फाइनल भने नभएको उनको भनाई छ ।
यसपटक, विकासराजले ३ जना नायिका र एक नायक राखेर हिट सिरिजको छैटौं श्रृङ्खला बनाउने तयारी गरेका छन् । कलाकार सेड्रिना शर्मा ठूली भएपछि उनको भूमिका निर्वाह गर्ने पात्रको खोजी चलचित्रमा गरिएको छ । यसैका लागि मलिकालाई चलचित्रमा अफर गरिएको हो ।
मलिकालाई चलचित्र ‘पर्खी बसे २’बाट पनि अफर आएको छ । यस्तै, उनले केन्द्र मोशन पिक्चर्सबाट बन्न लागेको नयाँ चलचित्रमा पनि काम गर्ने तयारी गरेकी छिन् ।
प्रतिक्रिया 4