+
+
Shares

रिहाना बनिन् विश्वकै धनी गायिका

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते ११:५४

विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ ।

तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा र ब्यूटी सामाग्रीको व्यापार पनि मुख्य हिस्सा रहेको छ ।

रिहाना विश्वकै नम्बर १ धनी गायिका बन्दै गर्दा उनी विश्वकै धनाढ्य इन्टरटेनर बन्नका लागि ओपरा विनफ्रे भन्दा एक स्थान तल छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?