+
+
Shares

हङकङका मानिसलाई अमेरिकाले १८ महिनासम्म बस्न दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १३:०४

२२ साउन, काठमाडौं । अमेरिकाले हङकङका बासिन्दालाई अस्थायीरुपमा बस्नको लागि आश्रय दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यस्तो घोषणा गरेका हुन् ।

उनले चीनले हङकङको स्वतन्त्रता खोसेको आरोप पनि लगाएका छन् । यो घोषणा सँगै अहिले अमेरिकामा रहेका हजारौं हङकङका नागरिकहरु लाभान्वित हुनेछन् ।

बेलायतले यसअघि नै हङकङका नागरिकलाई आफ्नो मुलुकको नागरिक बन्ने बाटो खोल्ने निर्णय गरिसकेको छ । चीनले हङकङका लागि ल्याइएको राष्ट्रिय सुरक्षा कानुनले ल्याएसँगै बेलायतले यस्तो घोषणा गरेको थियो ।

अमेरिकी राष्ट्रपति बाइडनले चीनले निरन्तर आफ्नो मुलुकमा बाँकी रहेको प्रजातान्त्रिक प्रक्रियाको अवमूल्यन गरिरहेको बताएका छन् । उनले नयाँ सुरक्षा कानुनअन्तर्गत एक सयभन्दा धेरै मानिसहरु पक्राउ परेको बताएका छन् ।

अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्गुले अमेरिकाको यो कदमको आलोचना गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको बताएका छन् । गत जनवरीमा बेलायतले नयाँ सुरक्षा कानुन अन्तर्गत रहेर हङकङका कम्पनीसँग काम नगर्न आफ्नो मुलुकका कम्पनीलाई सचेत गराएको थियो ।

बेलायती विदेशमन्त्री डोमिनिक राबले अहिले अमेरिकी राष्ट्रपतिले गरेको निर्णयको स्वागत गरेका छन् । उनले बाइडनको निर्णय खुला हृदयले गरिएको निर्णय भएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?