Comments Add Comment

नेपाली बजारमा चेरी कार भित्रिँदै, एसपीजी अटोमोबाइल्स वितरकमा नियुक्त

विश्व चर्चित अटोमोबाइल ब्रान्ड ‘चेरी’ नेपाली बजारमा भित्रिँदै छ । सो कम्पनीले नेपाली बजारको लागि अधिकारिक वितरकको रुपमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सलाई नियुक्त गरेको छ । कम्पनीका अनुसार उक्त गाडी नेपालमा चाँडै नै सार्वजनिक हुनेछ ।

चेरी ब्रान्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलस अटोमोवाइलस व्यवसाय क्षेत्रमा लामो समय देखिेको अनुभवी कम्पनी हो । यस दुई पक्षबीचको सहकार्यले स्थानीय बजारको साथै नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्नेमा कम्पनी विश्वस्त छ ।

नेपालमा दीर्घकालिन व्यापार रणनीतिको अनुशरण गर्दै चेरी ब्रान्ड इन्टरनेशनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।

१९९७ मा स्थापना भएको चेरी ब्रान्ड अटोमोबाइलस कम्पनी लिमिटेडको उत्पादन लाइनबाट पहिलो कारले, डिसेम्बर १९९९ मा बजार प्रवेश गरेको हो। हाल चेरी ब्रान्डको वार्षिक ९,००,००० कार, इन्जिन र ४,००,००० ट्रान्समिसन उत्पादन क्षमता रहेको छ।

चेरी ब्रान्डले पेसेन्जर, कमर्शियल सवारीसाधन को अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्दछ । चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment