Comments Add Comment

काठमाडौंमा खैरो हिरोइनसहित दुई जना पक्राउ

२३ साउन, काठमाडौं । काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपैयाँ, ९ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment