+
+
Shares

भूमि आयोग पुन:स्थापनाको माग गर्दै कोटेश्‍वरमा प्रदर्शन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ साउन २४ गते १४:५०

२४ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौंको कोटेश्‍वरमा प्रदर्शन गरिएको छ ।

नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले आयोग पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्‍यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुन: स्थापना गर’ भन्‍दै नाराबाजी गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्‍यक्ष शान्ता चौधरीले सरकारले भूमि आयोग पुन:स्थापना नगरे थप आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिइन् ।

उनले भनिन्, ‘ सरकारले भूमि आयोग खारेज गरेर सुकुम्बासीमाथि कुठाराघात गरेको छ। सोहीविरुद्ध हाम्रो आन्दोलन हो। यो अभियानलाई हामीले सशक्त रुपमा अगाडि बढाउँछौं।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर नयाँ सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?