
२५ साउन, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको हो ।
कम्पनीका कम्पनी सचिव ध्रुवराम शर्माका अनुसार गत आर्थिक वर्षमा मूनाफाबाट १० प्रतिशत बोनस सेयर, नगद लाभांश दिने निर्णय गर्नुका साथै हकप्रद जारी गर्न साधारण सभामा प्रस्ताव लैजाने निर्णय समेत गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको बाेनस सेयर जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीको दुई बराबर एक अर्थात् २ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय नेपाल स्टक एक्सचेञ्जमा समेत कम्पनीले जानकारी गराइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4