
फाइल तस्वीर
२५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले चितवनले वैशाख १५ गतेदेखि जारी निषेधाज्ञालाई साउन ३२ गतेसम्म निरन्तरता दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै साउन ३२ गते राति १२ बजेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएको हो । निषेधाज्ञा जिल्लाभर लागू हुने छ ।
जिल्लामा कोरोना संक्रमणको जोखिम अझैसम्म पनि उच्च रहेको, डेल्टा भेरिएन्टसमेत पुष्टि भइसकेको र संक्रमण दर निरन्तर बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4