Comments Add Comment

विद्यार्थीलाई तत्काल खोपको व्यवस्था मिलाऊ : पाँच विद्यार्थी संगठन

२५ साउन, काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोपको उपलब्ध गराउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र समेत बुझाइएको उनले बताए । परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको उनीहरुको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको भन्दै स्वास्थ्य मन्त्रालयसँग छलफल गरी दुई दिनभित्र यसबारे जानकारी दिने प्रतिवद्धता जनाएको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment