Comments Add Comment

ग्लोबल आइएमई बैंकले सुरु गर्‍याे ल्यापटप खरिदमा किस्तावन्दीको योजना

ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसकोतर्फबाट स सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यसका लागि शिक्षकले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिई ‘इजी बाई इजी पे योजना’ मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन लागिएको बैंकले जनाएको छ ।

यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ साक्षारतासम्बन्धी कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment