Comments Add Comment

श्रीमतीमाथि एसिड प्रहार गर्ने व्यक्ति अदालतबाट दोषी ठहर

२५ साउन, जनकपुरधाम । धनुषामा श्रीमतीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ ।

अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले २४ वर्षीय संजीव साहलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए । उनका अनुसार संजीवलाई एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिइएको छ ।

आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए । संजीवविरुद्ध सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

अदालतले दोषी ठहर गरिसकेपछि अब अर्काे पेशीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिए । ‘सजायको सन्दर्भमा सरकारी वकीलबाट प्रतिवेदन माग गरिएको छ’ उनले भने, ‘त्यो पेश गरेपछि सजाय तोकिनेछ ।’

गत कात्तिक २९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर संजीवले श्रीमती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

संजीवले प्रहार गरेको एसिडले आरतीको शरीरको झण्डै आधा भाग जलेको थियो भने ३ वर्षीया छोरी रियाको शरीरमा समेत एसिड परेको थियो ।

४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका संजीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment