Comments Add Comment

वास्तु दोष : यसकारण घरको माहौल दिक्कलाग्दो बन्छ

वास्तुशास्त्र एक प्रचिन विज्ञान हो, जसले घर-भवनको संरचनाको बारेमा आवश्यक रेखाचित्र प्रादन गर्छ । कस्तो माटोमा घर बनाउने, कुन दिशा वा मोहोडामा फर्काउने, झ्याल–ढोकाहरु कसरी र कहाँ बनाउने, कुन कोठा कहाँ राख्नु उचित हुन्छ इत्यादि विषयमा बास्तुशास्त्रले स्पष्ट निर्देश गर्छ ।

वास्तुशास्त्र अनुरुप घर-भवन निर्माण गर्दा त्यहाँ सकारात्मक उर्जा प्रवाह हुने विश्वास गरिन्छ । वास्तवमा घर–भवनका कोठाहरु उज्यालो र घमाइलो बनाउन, घरको सबैतिर शुद्ध वायु आउजाउ गराउन एवं बलियो, सहज र सुविधाजनक संरचना निर्माणका लागि वास्तुशास्त्रले सहयोग गर्छ ।

वास्तुशास्त्रले कस्तो घरमा बस्नु उपयुक्त वा कस्तोमा अनुपयुक्त भनेर पनि निर्देश गरेको छ । हामीले जानेर वा नजानेर गरिने कतिपय गल्तीहरुले घरमा सकारात्मक उर्जा नआउने, बस्न मन नलाग्ने हुन्छ । त्यसैले बास्तु शास्त्र अनुसार घरमा यी कुराहरु अव्यवस्थित भएमा ‘अशुभ’ हुने बताइएको छ ।

घरमा कुनै पुराना कुराहरु नराख्नुहोस्

घरमा कुनै बेकार र पुराना चीजहरु राख्नु हुँदैन । वास्तु अनुसार घरमा नकारात्मक ऊर्जा प्रवेश गर्छ। यसबाहेक पुरानो र फोहोर चीजहरु घरमा राख्दा ब्याक्टेरिया र भाइरसको कारण रोगहरु निम्तिन सक्छ । यस्तो अवस्थामा स्वास्थ्य बिग्रने खतरा बढ्छ। यसका लागि यो आवश्यक छ कि तपाईं घरबाट बेकारका चीजहरु हटाउनु होस् ।

घरको अगाडि कुनै खाडल वा फोहोर हुनुहुँदैन

वास्तु अनुसार मुख्य ढोकाको अगाडि कुनै खाडल वा फोहोर हुनुहुँदैन । यस कारण घरमा नकारात्मक ऊर्जा प्रसारित हुन्छ। यस्तो स्थितिमा यदि तपाईंको घरको ठीक अगाडि खाडल छ भने त्यसलाई माटोले पुरेर सफा गर्नुहोस् ।

शयनकक्षमा ओछ्यानको ठीक अगाडि ऐना नराख्नुहोस्

वास्तु अनुसार ओछ्यानको ठीक अगाडि ऐना राख्नुहुन्न । यसले व्यक्तिको स्वास्थ्यमा नराम्रो असर पार्छ । त्यस्तैm, शयनकक्षमा भगवानको तस्वीर पनि राख्नु उचित हुन्न ।

बिमको मुनि नसुत्नुहोस्

वास्तु अनुसार बिममुनि ओच्छ्यान राख्नु हुँदैन । यसरी बिममुनि सुत्दा मानसिक समस्या हुन सक्छ।

खानाको समयमा कुन दिशामा बस्ने

सधैं पूर्व वा उत्तर दिशामा मुख फर्काएर खाना खानु पर्छ । यसकारण पाचन प्रणाली राम्रो रहन्छ । यसो गर्दा  रोगहरुबाट सुरक्षित रहन मद्दत गर्छ होला ।

घरको अगाडि कुनै रूख वा पोल हुनुहुँदैन

घरको अगाडि ठूलो रुख वा खम्बा राख्नु अशुभ मानिन्छ। वास्तु अनुसार यदि यस रुखको छाया घरमा पर्छ भने वास्तु दोष उत्पन्न हुन्छ। त्यो अवस्थामा तुरुन्तै पोल वा रूख हटाउनुहोस् । यसबाहेक घरको मुख्य ढोकाको दुवै छेउमा स्वस्तिक चिन्ह बनाउनुहोस्। यो कम गर्न र वास्तु दोषको प्रभाव हटाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment