+
+

प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १४:१२

२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको बताएका छन् ।

२८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गरे । अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको उनले बताए ।

प्रधानमन्त्री पदबाट हटेकोमा चिन्ता नरहेको भन्दै उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै ओलीले अघि भने, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।’

उनले अघि भने, ‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेशबाट भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?