Comments Add Comment

सार्कका महासचिव भारत भ्रमणमा, क्षेत्रीय सहकार्यबारे कुराकानी

२६ साउन, काठमाडौं । सार्कका महासचिव ईशाला रुवन वियराअकोनले एक हत्ता लामो भारत भ्रमणको सुरुवात गरेका छन् ।

भ्रमणका क्रममा सार्कलाई ब्युउँताउने लगायत अन्य क्षेत्रीय सहकार्यका विषयमा कुराकानी हुने बताइएको छ । मंगलबार उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटघाट गरेका छन् । भेटका क्रममा सार्क सम्मेलन लगायत अन्य क्षेत्रीय मुद्दामा कुराकानी भएको भारतिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारत र पाकिस्ताबीचको तनावको कारण सार्कको शिखर सम्मेलन हुन सकेको छैन भने सार्कका अन्य गतिविधिहरु पनि सुस्ताएका छन् । उनले भारतका रक्षामन्त्री राजनाथ सिंह, विदेश सचिव हर्षवर्द्धन श्रृंगला लगायतकासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

गत वर्षको मार्च महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोगजना गरेको सार्क मुलुकका राज्य र सरकार प्रमुखको भर्जुअल सम्मेलनमा कोरोना भाइरसविरुद्ध मिलेर सहकार्य गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment