+
+

उपत्यकामा थपिए १,१८६ जना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १७:१७

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,१८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौंमा ७ हजार ६७७ कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १ हजार ३५० संक्रिय संक्रमित रहेका छन् ।

यस्तै ललितपुरमा १ हजार ६८३ कोरोना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्‍म कोरोना संक्रमणबाट १ हजार ९९१, भक्तपुरमा ३९७ र ललितपुरमा ६१२ जनाको मृत्‍यु भइसकेको छ भने काठमाडौंका २ लाख १३ हजार ८२४ जना, भक्तपुरका २३ हजार ७५० जना र ललितपुरका ४ हजार २३० जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?