
२६ साउन, काठमाडौं । महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
श्रीना नेपाल र अभ्युदर भेटवालले अर्थ, स्वास्थ्य, महिला तथा बालबालिका र कानून मन्त्रालयलाई विपक्षी बनाई निवेदन दिएका हुन् ।
महिलाहरुका लागि अत्यावश्यक स्यानिटरी प्याडमा भ्याट र भन्सार शुल्क समेत लगाइनु गलत भएको उनीहरुको दावी छ । स्यानिटरी प्याडलाई अर्थ मन्त्रालयले ‘लक्जरी बस्तु’को कोटामा राखेको भन्दै उनीहरुले अत्यावश्यक सामग्रीमा सूचीकृत गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4