Comments Add Comment

मुटुको अनियमित धड्कनबाट बच्न कस्तो जीवनशैली अपनाउने ?

मुटुको अनियमित धड्कनबाट कतिपयको ज्यान जाने र अन्य जटिल समस्या सिर्जना हुने गर्छ । मुटुसँग सम्बन्धित कुनै पनि समस्याको असर पूरा शरीरमा पर्ने गर्छ । यसरी मुटुसँग सम्बन्धित समस्या र समाधानको विषय तल उल्लेख गरिएको छ ।

१. मुटुको अनियमित धड्कनबाट बच्नको लागि वजन कम गर्नुहोस्

वजन कम गर्नुको मुख्य फाइदा मुटुको समस्या समाधानमा पनि हुन्छ । शरीरको वजन कम गर्नको लागि स्वस्थ खानेकुरा खान सकिन्छ । नियमित कसरत गर्नु एवं तनाव कम गरेर पनि वजन कम गराउन सकिन्छ । वजन कम हुँदा ब्लड प्रेसर कम हुन्छ, कोलेस्ट्रोल कम हुन्छ, डायबिटिजको जोखिम पनि कम हुन्छ । वजन कम गर्नको लागि तपाईंको खानाबाट चिनीको मात्रा हटाउनुपर्छ ।

२. एरिथमियाबाट बच्नको लागि कोलेस्ट्रोलमा नियन्त्रण

एरिथमियाको समस्याबाट बच्नको लागि तपाईंको कोलेस्ट्रोको स्तरलाई नियन्त्रणमा ल्याउनुपर्छ । उच्च कोलेस्ट्रोल, मुटुसँग जोडिएको समस्याको मुख्य कारण हो । उच्च कोलेस्ट्रोलबाट बच्नको लागि तपाईंले दैनिक कसरतको साथ स्याचुरेटेड फ्याट, फाइबरको ज्यादा मात्र लिनु र रिफाइण्ड कार्बाेहाइड्रेडको मात्रालाई कम गर्नुहोस् । कोलेस्ट्रोल कम गर्नको लागि तपाईं ओमेगा ३ फ्याटी एसिड पनि लिन सकिन्छ । त्यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

३. मुटुको अनियमित धड्कनबाट बच्नको लागि खानाको बानीमा परिवर्तन

यदि तपाईं मुटु स्वस्थ राख्न चाहनुहुन्छ भने खाने बानीहरुमा ध्यान दिनुहोस् । तपाईं आफ्नो आहारमा अधिक फलहरुको प्रयोग गर्नुहोस् । तपाईं मुटु स्वस्थ राख्न चाहनुहुन्छ भने प्रशोधित खानाबाट बच्नुहोस् ।

४. एरिथमियाबाट बच्न दैनिक कसरत

मुटु र शरीर स्वस्थ राख्नका लागि दैनिक कसरत गर्नु आवश्यक छ । यदि तपाईं दैनिक कसरत गर्दै जानु भएको छ भने सुरुमा तपाईं ३० मिनेटको पैदल यात्राबाट कसरत सुरु गर्नुहोस् । यसबाहेक तपाईं पनि कसरतको योजना बनाउन सक्नुहुन्छ । कार्डियोबाहेक तपाईं दौड, तेज हिँड्ने बानी आदि पनि थप गर्न सक्नुहुन्छ ।

५. अनियमित मुटुको धड्कनबाट बच्न ब्लड सुगरको स्तर नियन्त्रण

जो मान्छेमा मधुमेहको समस्या छ, त्यो मान्छेको अनियमित मुटुको धड्कनबाट बच्नको लागि ब्लड सुगरको स्तर रोक्नुपर्छ । मधुमेह रोगीहरु एरिथमियाको बढी सम्भावित जोखिममा हुन्छन् । त्यसैले उनीहरु रगतमा ब्लड सुगरको स्तर नियन्त्रणमा बढी केन्द्रीत हुनुपर्छ । यस्तो समस्यायुक्त मान्छेले पूरै आहारबाट चिनीको मात्रा हटाउनुपर्छ । फाइबर युक्त आहार लिनुपर्छ ।

६. अनियमित मुटुको धड्कनबाट बच्न ध्यान दिनुपर्ने कुराहरु

तनाव कम गर्दा तपाईंमा हुने मुटुको अनियमित धड्कनको समस्या धेरै हदसम्म कम हुन्छ । यसरी तनावबाट मुक्ति पाउनको लागि ध्यानको साहारा लिन सकिन्छ । ध्यान गर्ने तरीका धेरै सजिलो छ–

–शान्त मुद्रामा भुइँमा बस्नुहोस् ।

–आफ्नो आँखा बन्द गर्नुहोस् र आफ्नो शरीरलाई हल्का महसुस गर्नुहोस् ।

–गहिरो सास लिनुहोस् र भित्र वा बाहिर सास फेर्नुहोस् ।

–सबै नकारात्मक चीजहरु तपाईंंबाट टाढा राख्नुहोस् र आउँदो दिनहरुको बारेमा  राम्रोसँग सोच्नुहोस् ।

–सुरुमा तपाईं ५ देखि १० मिनेटसम्म मात्रै ध्यानमा बस्नुहोस् । त्यसपछि बिस्तारै त्यसको समय बढाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment