+
+

मानुषी लघुवित्तको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १०:१३

२७ साउन, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले जारी गरेको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला भएको छ । संस्थाले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ भने साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?