Comments Add Comment

लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित

फाइल तस्वीर

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिने समयका लागि बैठक स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । बैठक २ बजेर ४५ मिनेटमा पुनः शुरु हुने उनले बताए ।

विपक्षी गठबन्धनका कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसमाथि छलफल गर्न आज विशेष अधिवेशनको बैठक बसेको हो ।

बैठक शुरु हुनुभन्दा केही मिनेट अगाडि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । तर, उनको राजीनामाको पत्र प्रदेशसभामा नआएको भन्दै बैठक शुरु गरिएको छ । सो बैठकमा सत्ता पक्षका सांसदहरु उपस्थित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment