
२७ साउन, काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्चाल ट्विटरमा डा. भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘ओली प्रवृत्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा र साझा मुद्दा हो । यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो । यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो । सबैको चेत खुलोस !’
ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो।यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस!
— Baburam Bhattarai (@brb1954) August 11, 2021
प्रतिक्रिया 4