Comments Add Comment

कर्णालीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९३२

२८ साउन, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सक्रिय सङ्ख्या ह्वात्तै बढेको छ । हाल सक्रिय संक्रमितको संख्या ९३२ पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा कोभिड-१९ को सङ्क्रमण बढेको हो ।

प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपश्चात् बढेको मानव आवतजावतले सङ्क्रमण दर माथि उक्लेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा रविन खड्का अनुसार कर्णालीमा बुधबार मात्र ६५ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ६६ जनामा जनामा गरिएको आरटी पिसिआर परीक्षणका क्रममा २७ र १९७ मा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३८ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो तथ्याङ्क अनुसार प्रदेश राजधानी सुर्खेतमा कोरोना सङ्क्रमण दर बढेको देखिएको निर्देशक खड्काले बताए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ ले कोरोना जितेर घर फर्केका छन् । कोरोना सङ्क्रमणबाट कर्णालीमा हालसम्म ३५६ ले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment