Comments Add Comment

परिवर्तन संस्थागत गर्न युवाको सहभागिता र संलग्नता अनिवार्य : तरुण दल

२८ साउन, काठमाडौं । नेपाल तरुण दलले राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत र दिगो बनाउन युवाहरुको सहभागितामा जोड दिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै तरुण दलले युवाहरु लोकतन्त्र र परिवर्तनको संवाहक भएको जनाएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका अध्यक्ष जितजंग बस्नेतले परिवर्तन संस्थागत गर्न युवाहरुको सहभागिता र संलग्नता अपरिहार्य रहेको बताए ।

उनले संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउने जिम्मेवारी काँग्रेसको काँधमा आएकाले त्यसलाई पूरा गर्न तरुण दलको साथ रहने बताए ।

‘युवाहरु आर्थिक विकास र समृद्धिको आधारशिलाहरु हुन्, न्याय, समानता र समतामुलक समाजको जग निर्माण गर्ने शक्ति हुन्,’ उनले भने, ‘अनाथ, असहाय र गरिबहरुको साहारा हुन् युवाहरु, वर्तमानको साक्षी र भविष्यको मेरुदण्ड हुन् युवाहरु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment