Comments Add Comment

फिल्मपछि आर्यनलाई भिडियोमा पनि चल्नै मुस्किल

नेपालीमा एउटा उखान छ, समय आउँछ पर्खिदैन । नायक आर्यन सिग्देलको हकमा पनि यस्तै भएको छ । कुनै बेलाका नम्बर १ यी नायकलाई समयले पर्खिएन । उनले दर्शकले दिएको मायालाई वुझ्न नसक्दा उनको क्रेज खस्कन थाल्यो । समयसँगै आर्यनको चलचित्र बजार कमजोर बन्यो ।

अहिले आर्यन सिग्देलमाथि चलचित्रमा लगानी गर्नु भनेको निर्माताका लागि जोखिम उठाउनु जस्तै हो । अभिनय उत्कृष्ट गरेर पनि आर्यन बक्स अफिसमा हिट हुन सकेका छैनन् । कुनै बेलामा आर्यनको नाममा नै चलचित्रले बम्पर व्यापार गरेका थिए ।

चलचित्रमा कमजोर बनेका आर्यन भिडियोमा पनि खोजिने पात्र नबनेको देखिएको छ । आर्यनले पहिलो चरणको लकडाउनपछि फाट्टफुट्ट भिडियोमा अभिनय गरेका छन् । तर, उनका भिडियोले दर्शकको माया पाउन सकेका छैनन् ।

एक साता अगाडि रिलिज भएको आर्यन अभिनित ‘जब’ बोलको गीत भ्यूज पाउन नै संघर्ष गरिरएको छ । यो गीतलाई एक सातामा जम्मा ११ हजार ५ सय पटक हेरिएको छ ।

आर्यनको अनुहारले पनि भिडियोलाई कुनै फाइदा नमिलेको देखिन्छ । दर्शकले पछिल्लो समयमा रोजाई बदलेका छन् । यसको प्रत्यक्ष असर आर्यनको करिअरमा पनि परिरहेको छ । आर्यनले लकडाउनपछि काम गरेका केही भिडियोमा भ्यूजको अवस्था निकै कमजोर छ । आर्यनले ९ महिना अगाडि अभिनय गरेको ‘दशैं तिहार’ बोलको गीतलाई पनि २० लाख भ्यूज पाउनै धौ–धौ परिरहेको छ ।

यस्तै, उनले नायिका वर्षा राउतसँग अभिनय गरेको ‘हतारमा’ बोलको गीतले ८ महिनामा ९ लाख भ्यूज पनि पाउन सकेको छैन । आर्यनको कमजोर स्टारडम, अडियो रोजाइमा चुक्नु आदिका कारण उनलाई भिडियोमा पनि दर्शकको माया पाउन समस्या परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment