Comments Add Comment

दैलेखका ८ वर्षीय नारायण सुनारलाई पत्रकार जोशीको ४० हजार सहयोग

२८ साउन, काठमाडौं । पत्रकार मनोज जोशीले स्वास्थ्य समस्याका कारण तीन वर्षदेखि थलिएका दैलेखका ८ वर्षीय नारायण सुनारलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

एपीवान टेलिभिजनमा कार्यरत पत्रकार जोशीले सुनारलाइ उक्त रकम सहयोग गरेका हुन् । पत्रकार जोशीकातर्फबाट २५ हजार र उनकी बहिनी मन्जु जोशी अर्याल र ज्वाइ हरी अर्यालका तर्फबाट रु १५ हजार गरी कुल ४० हजार रुपैया सहयोग प्रदान गरिएको हो ।

आर्थिक अवस्था निकै कमजोर भएका दैलेख, नारायण नगरपालिका–२ कुसाडा गाउँका सुनार लामो समय देखि हात खुट्टा सुन्निने, दुख्ने समस्याबाट ग्रसित नारायण उभिन समेत सक्दैनन् भने उनको हात पनि नचल्ने अवस्थामा छ ।

नारायण ३ वर्षको हुँदा बुवा टेकबहादुर सुनारको मृत्यु भएको थियो । आर्थिक अवस्था निकै नाजुक भएका नारायणको घरमा उनकी आमा र ७० वर्षीय हजुरवुवा मात्र छन् । घरमा कमाउने कोहि नहुदा उपचारबाट बन्चित बालकको अवस्था झन् नाजुक बन्दै गएपछी उनकी आमा गंगा विकले सहयोगको अपील गरेकि थिइन् ।

पत्रकार मनोजले यसभन्दा पहिला पनि बिभिन्न अनाथ, अशक्त र अपागंता भएका साथै आर्थिक अवस्था कमजोर भएकालाइ आर्थिक सहयोग गर्दै आएका छन् ।

उनले भने, ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ त्यसैले आफ्नो यो आर्थिक सहयोगले पीडितको उपाचारमा केही राहत हुन्छ भन्ने सोचले सहयोग गरेको र आफन्तलाई पनि नारायणको सहयोगको लागि अपील गर्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment