+
+
Shares

काठमाडौं प्रशासनले गर्‍यो मास्क नलगाई हिंड्नेलाई कारबाही (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ साउन २८ गते १८:०८

२८ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन गरेको छ । त्यसक्रममा मास्क नलगाई हिंडेकाहरुलाई जरिवाना समेत गराइएको छ ।

बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको अनुगमन टोलीले माइतीघर, कालीमाटी, कलंकी लगायतका स्थानमा अनुगमन गरेको हो ।

सहायक प्रजिअ अधिकारी नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, फुटपाथमा सर्वसाधारणहरुले मास्क लगाए नलगाएकोबारे निरीक्षण गरेको थियो । त्यसक्रममा मास्क नलगाई हिंडिरहेका र पसल व्यवसाय गरिरहेकाहरुलाई सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै सही तरीकाले मास्क नलगाउनेलाई सचेत गराइएको प्रशासनले जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?