Comments Add Comment

श्वेतपत्रमा कुनै आग्रह-पूर्वाग्रह राखिएको छैन : अर्थमन्त्री शर्मा

फाइल तस्वीर

२८ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह नरहेको बताएका छन् ।

बिहीवार राष्ट्रियसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीपछि सांसदहरुका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह–पूर्वाग्रह र तथ्यांकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताए ।

देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा भएका र गरेका कामसहितको विकासको उल्लेख गरिएको बताउँदै उनले भने, ‘मैले देशको आर्थिक अवस्थाको जानकारी भनेको छु । त्यसमा कुनै आग्रह–पूर्वाग्रह छैन, यहाँ सडक कति लामो खनियो, कति वटा पुल बनाइयो भन्ने कुरा उल्लेख गरिँदैन । यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पूँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले डेटामा जे छ त्यही प्रस्तुत गरेका छु ।’

अर्थमन्त्री शर्माले जिम्मेवार ढंगले लोकतान्त्रिक पद्धतिलाई मान्ने भएकाले संसदमा बजेट प्रस्तुत गरिएको बताए । बजेटको बारेमा संशोधन, परिमार्जन र प्रतिस्थापन जस्ता कुरा संसदले गर्ने उनको भनाइ छ ।

‘बजेट अध्यादेशमार्फत नल्याउनु पर्थ्यो ल्याइयो । तर पनि सरकारको निरन्तरताको कारणले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएको कारणले संसदमा प्रस्तुत गरिएको छ । यसको निर्णय संसदले गर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment