Comments Add Comment

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ ।

प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि प्रकाश आफैले गरेका हुन् ।

कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले यो टिमसँग काम गर्दा खुशी लागेको बताइन् । उनले भनिन्–‘हामी चलचित्रमा काम गर्नेहरु काम कम गरेर हल्ला बढी गर्छौ । तर, प्रकाशजीले काम गरेरै आफूलाई प्रमाणित गर्नु भएको छ ।’
स्वस्तिमाले आफूले काम गरेका पुरुष मोडलसँग भन्दा आँचलसँगको केमेष्ट्रीलाई बढी रुचाएको भन्दै खुशी व्यक्त गरिन् ।

नायिका स्वस्तिमा खड्काले सामाजिक सन्देश बोकेको गीत भएका कारणले नै आफू काम गर्न राजी भएको बताइन् । उनले भनिन्–‘हरेक कलाकारले यस्तो खालको गीतमा काम गर्न चाहन्छ । म पनि निकै खुशी छु ।’
गीतकार, संगीतकार तथा निर्देशक प्रकाश सपुतले मनबाटै इमान्दार भएर काम गर्दा सबैको मनमा पुग्ने बताए ।

उनले, सबै टिमको कारणले गर्दा यो गीत र भिडियो राम्रो बनेको बताए । अन्य समयमा आफूले गम्भिर तरिकाले भिडियो प्रस्तुत गर्ने गरेको भए पनि यसपटक रोमान्टिक तरिकाले प्रस्तुत गरेको बताए । कार्यक्रममा यो गीतको टिमले केक समेत काटेर सफलताको सेलिव्रेशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment