Comments Add Comment

सुदर्शनको प्रश्न–‘अरबौको लगानी फसिरहेको फिल्म क्षेत्रबारे सोच्ने बेला आएन र ?’

नेपाली चलचित्रलाई कोरोना महामारीले निकै ठूलो समस्यामा पारेको छ । करिब डेढ बर्षको दौरानमा २ दर्जन भन्दा बढी हल बन्द भएका छन् । चलचित्र निर्माण गरेर बसेका दर्जनौं निर्माताहरु आफूहरुको लगानी के हुने हो भन्ने अन्यौलमा छन् ।

वि.सं २०७६ साल चैत्र ११ गतेबाट नेपाली चलचित्र भवनमा चलचित्र रिलिज हुन सकेका छैनन् । प्रचारको सबै काम सकेर रिलिजको मुखमा पुगेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’देखि छायांकनको केही प्रतिशत मात्र सकिएर रोकिएको चलचित्र ‘बाबरी’सम्म आइपुग्दा, निर्माताका करोडौं रुपैयाँ फसेका छन् । तर, अहिलेसम्म ती निर्माताका लागि न त चलचित्र क्षेत्र न त सरकारले नै केही सोचेको छ ।

वि.सं २०७६ साल फागुणको ३० गतेलाई प्रदर्शन मिति तोकेर प्रचारको सम्पूर्ण काम सकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको पर्खाइमा डेढ बर्षदेखि बसिरहेको छ । यसका निर्माता तथा निर्देशक सुदर्शन थापा साढे २ करोड रुपैयाँ भन्दा बढी रकम फ्रिज हुँदा नयाँ चलचित्र सुरु गर्न नसकेको बताउँछन् ।

सुदर्शन जस्तै मर्कामा दर्जनौं निर्माता छन् । जो, अब चलचित्रको लगानी मात्र सुरक्षित भैदिए हुन्थ्यो भन्ने अवस्थामा छन् । उनी सुदर्शन ले अरबौको लगानी फसिरहेको यो क्षेत्रको लागि सोच्ने बेला आएन र भन्दै प्रश्न गरेका छन् । सुदर्शन लेख्छन्–‘कोरोनाको कारण झण्डै डेढबर्षदेखि हाम्रो दैनिक जीवन, व्यवसायिक कारोबार र अन्य क्षेत्र सबै प्रभावित छन् । यही २८ गतेदेखि अझै कतिपय क्षेत्रमा निषेध गरिदैछ । यो समयमा चलचित्र क्षेत्र सबैभन्दा प्रभावित क्षेत्र हो, यसतर्फ सरकार र सरोकारवाला निकायले खासै ध्यान दिएका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment