Comments Add Comment

थप तीन अस्पतालबाट कोरोना खोप कार्ड प्रमाणीकरण हुने

खोप कार्ड प्रमाणीकरणका लागि टेकु अस्पतालमा लागेको लाइन

२९ साउन, काठमाडौं । कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अस्पतालबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

गृह मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकोमा अब त्यसका अतिरिक्त पाटन, नेपाल प्रहरी तथा निजामती अस्पतालबाट पनि प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको शुक्रबार गृह मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । विदेश जाने व्यक्तिहरुको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको सूचनामा उल्लेख छ । यसअघि नै उपत्यका बाहिरका ५० शैयाभन्दा माथिका सरकारी अस्पतालबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था मिलाइसकिएको छ ।

कतिपय मुलुकले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट https://vaccine.mohp.gov.np मा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न सकिनेछ । आवश्यक कागजात अनलाइन फर्ममा रहेको कबुलियतनामाको नमुना अपलोड गरी उक्त कोड प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

यसरी अपलोड भएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइनबाट स्वतः प्रमाणीकरण हुने हुनाले क्यूआर कोड सबैले पाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment