+

बुण्डेसलिगा : पहिलो खेलमै बार्यन बराबरीमा रोकियो

२०७८ साउन  ३० गते १०:३८ २०७८ साउन ३० गते १०:३८
बुण्डेसलिगा : पहिलो खेलमै बार्यन बराबरीमा रोकियो

३० साउन, काठमाडौं । साविक विजेता बार्यन म्युनिक बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको २०२१-२२ सिजनको उद्घाटन खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडबाकसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा मोन्चेनग्लाडबाकले पहिलो अग्रता लिए पनि बार्यनले बराबरी गोल फर्काएको हो ।

घरेलु मैदान बोरुसिया पार्कमा भएको खेलको १०औं मिनेटमा अलासाने प्लेअले गोल गर्दै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए । उनले लार्स स्टिन्डलको पासमा गोल गरे ।

तर ४२औं मिनेटमा रोवर्ट रेवान्डोस्कीले बार्यनका लागि बराबरी गोल फर्काए । उनले जोसुअ किम्मिकको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै टिमले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । बार्यनका गोलकिपर मानुएल नोए र ग्लाडबाकका गोलकिपर यान सोमेरले दोस्रो हाफमा उत्कृष्ट बचाउ गरेका थिए ।

पछिल्लो ९ लिगमा लगातार च्याम्पियन बनेको बार्यनले २०२१२ यता पहिलो सिजनको गोल नगरेको यो पहिलो पटक हो ।

बराबरीपछि दुवैले समान एक अंक जोडेका छन् ।

बार्यन म्युनिख बुण्डेसलिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय