Comments Add Comment

ओलीको अत्याचार सहने स्थिति छैन : माधव नेपाल

३० साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताएका हुन् ।

‘उहाँको व्यवहारमा कुनै सुधार भएको भए कुनै लक्षण देख्नुभएको छ ? लोकतान्त्रिक बन्न खोज्नुभएको छ ? उहाँ अत्यन्त विनम्र हुन खोज्नुभएको छ । उहाँले भनेको कुरा छ उहाँले माधव नेपालजस्तालाई यो पार्टीमा ठाउँ छैन । उहाँले भनेको एक एक शब्द हेर्ने हो भने त्यो शब्दले उहाँको स्तर देखाउँछ । र कुन तहसम्म मान्छेलाई गिज्याउनुहुन्छ, लान्छना लगाउन सक्नुहुन्छ बद्ख्वाँइ गर्न सक्नुहुन्छ त्यो बाट उहाँको स्तर देखिन्छ’ उनले भने, ‘ओलीको अत्याचार सहने स्थिति छैन । ’

नेता नेपालले ओली पक्षका केही नेताले पार्टी एकताका नाममा सदस्यता नवीकरण र विधान महाधिवेशन रोक्न सकिने भने पनि महासचिवले हामी अघि बढिसक्यौं, आउने आउँछन्, नआउने आउँदैनन् भनेको पनि बताए । ‘के हामी लुरुक्क परेर जाने हो ? समर्पण गर्न जाने हो ? होइन’ उनले भने ।

अध्यक्ष ओलीले हालसम्म गरेका कुनै निर्णयबाट पनि पछि नहटेको र कुनै निर्णय पनि फिर्ता नभएको नेता नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment