Comments Add Comment

हलमा रिलिज हुन नसकेपछि युट्युबमा आयो ‘उल्झन’

राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘उल्झन’ युटुबमा रिलिज गरिएको छ । कोभिड महामारीका कारण हल बन्द हुँदा यो चलचित्रलाई सिधै युटुबमा रिलिज गरिएको हो । विदेशमा नेपाली यूवाले पाउने पीडा र दुःखको कथा समेटिएको यो चलचित्रलाई आशुतोष फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो ।

तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको यो चलचित्रमा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, ऐनी बिष्ट, बेनी ढुंगाना, दीपक ढकाल लगायतको अभिनय छ । नविन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा हिरामणी न्यौपाने र दिनेश गौतमको संगीत, रामप्रसाद कँडेलको गीत, कुमार महर्जनको एक्सन, शिव वीकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन, आरती आचार्यको लेखन छ ।

यो चलचित्रको छायांकन यूरोपका विभिन्न स्थानमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment