Comments Add Comment

देबेन्द्रको ‘दिल दुखो’

‘मुसुक्क हाँस’, ‘एक्लै जान सक्छौ र ?’, ‘भेटै हुन्न कि’ जस्ता गीतबाट स्रोता एवं दर्शकमाझ रुचाईएका गायक एवं कलाकार देवेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले शुक्रबार आफ्नै युट्युब च्यानलमा ‘दिल दुखो’बोलको गीत सार्वजनिक गरेका हुन् ।

बब्लुकै शब्द, संगीत र स्वर रहेको गीतमा कृष्ण भान्जाको एरेन्ज छ । भिडियोमा देवेन्द्र स्वयंमले अभिनय गरेका छन् । साथमा विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि.कको अभिनय हेर्न सकिन्छ । देबेन्द्रकै अवधारणामा तयार भिडियोको विशाल घिमिरे सृजनात्मक निर्देशकको रुपमा रहेका छन् । अनिल के. मानन्धरको छायाँकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा धर्मका कारण प्रेमीकासँग छुट्टिएपछि प्रेमीको कथालाई प्रस्तुत गरिएको छ । फरक स्वादका गीत ल्याउँदै आएका देबेन्द्रको यो गीत पनि विगतका भन्दा पृथक छ । यस गीतलाई स्रोता एवं दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । सार्वजनिक भएको दुई दिन नपुग्दै भिडियोले युट्युबमा १ लाख १५ हजार भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment