+
+
Shares

नबिल बैंककाे मूनाफा साढे ४ अर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १०:०३

३२ साउन, काठमाडौं । मुलुकको पहिलो ज्वाइन्ट भेन्चर बैंक नबिल बैंकको मूनाफा साढे ४ अर्ब नाघेको छ । बैंकले गत आर्थिक वर्ष २०७७–७८ मा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकले गत आवमा २ खर्ब २३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब बढी कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १७.१२ र कर्जा ३३.८० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ९८ करोड रहेको खूद ब्याज आम्दानी बढेर ७ अर्ब ७२ करोड ५ अर्ब ९ करोडमा सीमित सञ्चालन नाफा बढेर ६ अर्ब ४३ करोड पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३४.३० रुपैयाँबाट घटेर ३२.३० रुपैयाँमा झरेको छ । बैंकको निस्कृय कर्जा अुनपातमा पनि केही सुधार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?