Comments Add Comment

धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

३२ साउन, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५० वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी दिलिपकुरमा श्रेष्ठले जानकारी दिए । २४ साउनमा अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सुदूरपश्चिममा साउन पहिलो सातादेखि कोरोनाका जटिल प्रकृतिका संक्रमित बढ्न थालेपछि मृत्यु हुने क्रम पनि सुरु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले १८ जना संक्रमित उपचाररत छन् ।

उनीहरु मध्ये ४ जनाको आईसीयूूमा राखेर उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ५५ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment