
१ भदौ, काठमाडौं । अष्ट्रेलियाले अस्थायी भिसा भएका अफगानी नागरिकलाई अनिश्चितकालका लागि मुलुकमा बस्न दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री स्कट मौरिसनले मंगलबार क्यानबेरामा सम्बोधन गर्दै भनेका छन्, ‘उनीहरु मुलुकमा अहिले चलिरहेकै भिसाको आधारमा रहन सक्छन् ।’
मौरिसनले आफ्नो सुरक्षाकर्मीले अफगानिस्तानबाट आफ्ना नागरिक र युद्धमा अष्ट्रेलियाको लागि काम गरेका मानिसलाई सुरक्षित उद्धार गर्ने विश्वास पनि व्यक्त गरेका छन् । यद्यपि अष्ट्रेलियाको लागि काम गर्ने सबैलाई भने उद्धार नगरिने उनले स्पष्ट पारेका छन् ।
अष्ट्रेलियाको आप्रवासन विभागका अनुसार गत अप्रिलयता अष्ट्रेलियाले स्थानीयरुपमा जोडिएका ४३० अफगानी नागरिक र उनीहरुका परिवारलाई मुलुकमा बसोबासको अनुमति दिइसकेको छ ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4