+
+

अफगानिस्तान छाडेकी पत्रकारको पीडा : २० वर्षको बलिदानी र प्रगति एक मिनेटमै गुम्यो

फारिदा नेक्जद फारिदा नेक्जद
२०७८ भदौ १६ गते १५:४५

त्यो जहाजमा मसँगै आफ्नो देश छोड्ने अन्य १५ जना पत्रकारहरू नै थिए । उनीहरू सबै चिनिएका पत्रकारहरू थिए । उनीहरू जिन टिभी, एरियान न्यूज, खालिद, टोलो न्यूज र अन्य प्रान्तिय मिडियामा काम गर्ने पत्रकारहरू थिए ।

तीमध्ये केही पत्रकारहरू एकदमै पाका र अनुभवी थिए जसले अफगानिस्तानमा लामो समयसम्म काम गरे । तर उनीहरूसँग अफगानिस्तान छोड्नु बाहेक अन्य विकल्पहरू थिएनन् । त्यहाँको अवस्था वास्तवमा नै निकै डरलाग्लो थियो ।

एउटा ठूलो विषय के थियो भने धेरै पत्रकारले अफगानिस्तान छोड्ने पत्र प्राप्त गरेपनि उद्धारको प्रक्रियाको बारेमा विस्तृतमा उल्लेख थिएन् । त्यहाँ यातायातको, लोकेसनको केही विषय थिएन । सम्पर्क गर्ने व्यक्ति को हो र विमानस्थलसम्म पुग्न कसलाई भेट्नुपर्ने केही पनि स्पष्ट थिएन ।

लोकतन्त्र, प्रेस स्वतन्त्रता, मिडिया स्वतन्त्रता र महिला पत्रकारको उपस्थितिको लागि हामी २० वर्ष लड्यौं । यो सबै प्रगति र बलिदान एक मिनेटमा नै गुम्यो र हामी २० वर्ष पछाडि फर्केका छौं र तालिबानको अँध्यारो युगमा फर्केका छौं ।

मचाहिँ भाग्यमानी यस अर्थमा थिएँ कि म बस्ने होटलदेखि विमानस्थलसम्म पुग्नका लागि ‘कमिटी टु प्रोटेक्ट जर्नालिष्ट’ले मलाई कारको व्यवस्था गरिदिएको थियो । होटलबाट विमानस्थलसम्म जान पाउने व्यक्तिहरूको सूचि थियो । जब हामी विमानस्थल पुग्यौं, उनीहरूले त्यो सूचिलाई दुईपटक अनुगमन गरे र हामीलाई भित्र जान दिए ।

हामी विमानस्थल पुग्दा त्यहाँ एकदमै भिड थियो । एकातिर त्यहाँ नागरिकहरू कागजात र दस्तावेजसहित थिए जो विमानस्थल पुग्नका लागि एकदमै हतारमा थिए, अर्काेतिर तालिबान सदस्यहरू बन्दुक पड्काइरहेका थिए । उनीहरू बेलाबेला हावामा बन्दुक पड्काउने गर्दथे । केही संख्यामा मानिसहरू घाइते भए ।

८–९ घन्टा कुरेपछि हामी बल्ल विमानमा जान पायौं । जहाजमा रहेका सबैजना कराइरहेका थिए, म पनि कराइरहेको थिएँ । अफगानिस्तानको होटलदेखि कतार विमानस्थल पुग्दासम्म म बेला बेलामा कराइरहे । देश छाड्ने कुरा कुनै पनि हिसाबले सजिलो विषय थिएन । लोकतन्त्र, प्रेस स्वतन्त्रता, मिडिया स्वतन्त्रता र महिला पत्रकारको उपस्थितिको लागि हामी २० वर्ष लड्यौं । यो सबै प्रगति र बलिदान एक मिनेटमा नै गुम्यो र हामी २० वर्ष पछाडि फर्केका छौं र तालिबानको अँध्यारो युगमा फर्केका छौं ।

मेरो लागि भविष्यमा के छ, मलाई थाहा छैन । तीनजना एरियाना न्यूजमा काम गर्ने पत्रकारहरू एकदमै दुःखी छन् र के गर्ने भन्ने अन्योलमा छन् ।

कतारमा नै बस्ने कि तेस्रो कुनै मुलुक जाने ? के यो समयको बर्बादी हो ? मलाई लाग्छ अन्तरराष्ट्रिय समुदायले यी युवा र युवतीको बारेमा ध्यान दिनेछ ।

(अफगानिस्तानको प्रसिद्ध समाचार संस्था पाझवोक अफगान न्यूजकी प्रबन्ध सम्पादक नेक्जदले इन्टरनेशनल फेडेरेसन अफ जर्नालिष्ट (आईएफजे)सँग गरेको कुराकानीमा आधारित । उनले अगष्ट २४ मा पूरै परिवारसहित अफगानिस्तान छाडेकी छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?