+
+

पौडेल समूहका सभापतिका आकांक्षीको बैठक बत्तिसपुतलीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १६:१३

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न पौडेल समूहको बैठकका नेताहरु छलफलमा जुटेका हुन् । पौडेल समूहका सभापतिका आकांक्षीसहितका नेताहरुको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् । पौडेल समूहका नेता अर्जुननरसिंह केसीका अनुसार सभापतिसहित पदाधिकारीको टीममा सहमति गर्न नेताहरुबीच छलफल भइरहेको छ ।

‘हामीहरु निरन्तर संवादमा छौं, सकेसम्म वडा अधिवेशनअघि नै सभापति र पदाधिकारीका उम्मेदवारको टुंगो लगाउने प्रयासमा छौं,’ उनले भने, तत्काल नाममा सहमति नभए महाधिवेशनमा एकै ठाउँमा हुन्छौं भन्ने सन्देश दिन सामूहिक प्रतिवद्धता जनाउने कार्यक्रम छ ।’ मंसिर ९–१३ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

पौडेल समूहमा सभापतिका चार आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । चारै जना आकांक्षीले आफूलाई बलियो उम्मेदवारका रुपमा पेश गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?