+
+

टोकियो पारालम्पिक : पलेशा रिपेचको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १४:५३

१८ भदौ, काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेजतर्फ  सेमिफाइनल पुगेकी छन् ।

पहिलो खेलमै बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी पलेशाले रिपेजमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशाले रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले पराजित गरिन् । यो जितपछि पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छन् ।

स्वर्ण र रजतको होडबाट बाहिरिसकेकी पलेशाले अब रिपेज सेमिफाइनलमा सर्वियनकी मारिजा मिसेभसँग प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?