+
+

यामाहाले ल्यायो दशैं–तिहार लक्षित ‘रेस फर द एस अफर’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १७:५९

काठमाडौं । यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं–तिहार पर्वको अवसरमा ग्राहकहरुका लागि ‘रेस फर द एस अफर’ ल्याएको छ ।

यो अफर यामाहाको मोटरसाइकल तथा स्कुटरको खरिदमा भदौ १६ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्ने र लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बम्पर पुरस्कार त झन् खास रहेको छ र बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा तीन गुणा बढी अर्थात् १२ तोला सुनको एक्का तास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेता बन्न सक्नेछन् ।

नेपालभरका सबै यामाहा शोरुमहरुमा सञ्चालित देशव्यापी उपहार योजनाको बारेमा जानकारी दिँदैं एमएडब्लुका बजार प्रबन्धक राजु क्षेत्रीले आफूहरु सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?