+
+

एनआईसी एसिया बैंकको पर्सा लंगडी शाखामा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १८:५२

१८ भदौ, वीरगञ्ज । पर्साको लंगडी बजारमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालयमा चोरी भएको छ । बिहीबार राति मूलगेटको सटर फोडेर धोबीनी गाउँपालिका–४ लंगडी बजारमा रहेको बैंकको शाखा कार्यालयमा चोरी भएको प्रहरीले जनाएको छ ।

बैंकबाट एक थान ल्यापटप, कम्प्युटरका केही सामान चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले जानकारी दिए । चोरी गर्नेहरुले पैसा राख्ने लकर फुटाउने कोशिश गरे पनि सफल नभएको उनले बताए । ‘लकर फोड्न कोशिश गरेको देखियो, तर नसकेपछि  छाडेर भागेको हुन सक्छ,’ चौहानले भने ।

बैंकमा जडान गरिएको सीसीटीभी क्यामेरा पनि तोडफोड गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बैंकमा दिउँसो मात्र सुरक्षा गार्ड राख्ने गरिएको छ । घटनाबारे जानकारी पाएपछि शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे घटनास्थल पुगेका थिए ।

प्रहरी उपरीक्षक पाण्डेका अनुसार सीसीटीभी क्यामेरामा रेकर्ड भएको भिडियोमा १ बजेर ५० मिनेटको समयमा रेनकोट लगाएर आएका दुई जनाले अक्सिजन सिलिण्डर सहितको वेल्डिङ मेसिनले सटर काटेर भित्र पसेको देखिन्छ । त्यसपछि उनीहरुले ५ वटा सीसीटीभी क्यामेराका तार चुँडाएका छन् । चोरहरुले लकर फुटाउने प्रयास गरेको समयमा नै बाहिर सडकमा प्रहरीको गस्ती पुगेपछि भागेको हुन सक्ने उनको भनाइ छ ।

‘सबैकुरा जाने बुझेको पेशेवर चोरले चोरीको प्रयास गरेको देखिएको छ, भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौं,’ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?