+
+

जब बच्चा एक्लिन्छन्, यस्ता जोखिम बढ्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १२:३१

हिजोआज धेरै आमाबाबुले बच्चाहरुलाई घरमा एक्लै छोड्छन् र बजारमा किनमेल गर्न वा अरु काममा निस्कन्छन् । एक अनुमानका अनुसार लगभग ४० प्रतिशत बच्चाहरु कुनै समयमा एक्लै महसुस गर्छन् ।

प्रसिद्ध अंग्रेजी फिल्म ’होम अलोन’ मा यसबारे चित्रण गरिएको छ । जसमा कसरी एक बच्चा घरमा एक्लै बस्दा नराम्रो परिस्थितिको सामना गर्ने गर्छन् ? तर फिल्ममा यही प्रसंगलाई पनि एउटा रमाइलो तरिकाले देखाइएको छ । जबकि घरमा एक्लै बस्ने बच्चामा फरक परिस्थिति सामना गर्नुपर्ने हुन्छ । अष्ट्रेलियामा ४०२ जनामा भएको एक अध्ययनमा १४ प्रतिशत बच्चाहरु घर फर्किँदा घरमा कोही पनि भेट्दैनन् र एक चौथाइ बच्चाहरु घरमा भाइबहिनीसँग खेल्छन् तर बाबुआमालाई भेट्दैनन् भन्ने तथ्य भेटिएको थियो ।

अमेरिकामा गरिएको अर्काे अध्ययनले ५ देखि १३ वर्ष उमेरका २ करोड बालबालिका आफ्नो ख्याल आफैँ राख्छन् या त १४ वर्षको उमेरसम्म आफ्ना भाइबहिनीको रेखदेखका लागि घरमै बस्छन् भन्ने देखाएको थियो ।

बिग्रने सम्भावना बढी हुन्छ

मनोवैज्ञानिकहरु विश्वास गर्छन् कि घरमा एक्लै हुनुको कारण बच्चाहरुमा डिप्रेशन, असुरक्षा, लागूपदार्थको लत जस्ता खराब बानीको शिकार हुने गर्छन् । साथै, यस्ता बच्चाहरुले आफूलाई दुःखी, डराएको र अरुबाट बढी तिरस्कृत भएको महसुस गर्छन् । जसरी उनीहरु बुढो हुन्छन्, आमाबुबासँग उनीहरुको अन्तरक्रिया घट्छ । लामो समयसम्म घरमा एक्लै हुँदा उनीहरुमा परिपक्वता बढ्छ । किनकि उनीहरुलाई थाहा हुन्छ कि एक्लै हुँदा कस्तो कठिन परिस्थितिको सामना गर्नुपर्नेछ । यसको कारण बच्चाहरुको अनुकूल दुराचार स्वचालित रूपबाट उनीहरु भित्र घट्न थाल्छ र उनीहरु समस्या को समाधानका लागि आफ्नो बुद्धिको उपयोग गर्छन् ।

मनोवैज्ञानिकहरु यो पनि विश्वास गर्छन् कि घरमा बच्चाहरु एक्लै हुँदा वा हेर्ने मान्छे कोही पनि नहुँदा उनीहरुको गतिविधिहरुलाई प्रतिबन्धित गर्ने कोही हुँदैन । जसले बच्चामा नराम्रो बानीतिर केन्द्रित गराउन सक्छ ।

एकल परिवारको परिणाम

एकल परिवारमा जन्मिएका बच्चाहरु संयुक्त परिवारका बच्चाको तुलनामा बढी एक्लो महसुस गर्छन् । त्यस्ता बच्चाहरु एक्लो हुनुको कारणले आत्मकेन्द्रित बन्छन् र बाहिरी दुनियाँबाट टाढा हुने हुँदा स्वार्थी पनि बन्छन् । खाना, स्वास्थ्य र विकास सम्बन्धी समस्याहरु पनि त्यस्ता बच्चाहरुमा देखिएका छन् । एक्लै हुनुको कारण यस्ता बच्चाहरु डिप्रेसनको शिकार बन्छन् । उनीहरुको दैनिकी बिग्रन्छ । यस्ता बालबालिकाले अरुलाई पनि हानि पु¥याउन सक्छन् । धेरै पटक समयको कमीका कारण आमाबुबाले बच्चाहरुको हरेक जिद्दी पूरा गर्छन् । जसले उनीहरुलाई स्वार्थी बनाउँछ र उनीहरु आफ्नो हरेक आवश्यक र अनावश्यक जिद्दी हरेक माग पूरा गर्न थाल्छन् ।

इन्टरनेट लत

जुन घरमा आमा र बुबा दुवै काममा व्यस्त हुन्छन् वा बच्चाहरुलाई लामो समयसम्मको लागि एक्लै छाडिन्छ भने उनीहरुले समय बिताउनको लागि इन्टरनेटको मद्दत लिन्छन् । एक अध्ययन अनुसार शहरी भेगमा बस्ने ७ देखि ११ वर्ष उमेर समूहका लाखौं बच्चाहरु इन्टरनेटमा दैनिक ५ घण्टाभन्दा बढी समय बिताउँछन् । एक सर्वेक्षणले इन्टरनेटको लतको बारेमा नयाँ तथ्यहरु खुलाएको छ । इन्टरनेटको लगातार उपयोगको कारण त्यस्ता बच्चाहरुलाई आँखा एवं मस्तिष्कमा समेत असर गर्छ ।

निरीक्षण आवश्यक छ

बच्चाहरुलाई सधैं वयस्कहरुको हेरचाह र निरीक्षण जरुरी छ । जब उनीहरु घर आउँछन्, उनीहरुको दिन कस्तो बित्यो ? साथीहरुसँग कस्ता कुराहरु भए ? जस्ता कुराहरु सोध्नु जरुरी छ । स्कूलमा साथीहरुसँग भएका कुरा लगायत उनीहरुको दैनिक गतिविधिको बारेमा सोध्ने र निरीक्षण गर्ने गर्नुपर्छ । अन्यथा उनीहरु खराब संगतमा लागेर बिग्रिएपछि मात्रै उनीहरुको बारेमा जानकारी पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?