+

कुनै परिवारमा छोरा मात्रै र कुनैमा छोरी मात्रै किन जन्मिन्छन् ?

२०८२ साउन  ७ गते ११:५९ २०८२ साउन ७ गते ११:५९
कुनै परिवारमा छोरा मात्रै र कुनैमा छोरी मात्रै किन जन्मिन्छन् ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हार्वर्ड विश्वविद्यालयको अध्ययनले देखाएको छ कि तीन वा बढी बच्चा भएका परिवारमा सबै छोरा वा सबै छोरी हुने सम्भावना बढी हुन्छ।
  • ३० वर्ष वा त्यसभन्दा बढी उमेरमा पहिलो बच्चा जन्माउने महिलामा एउटै लिंगका बच्चा हुने सम्भावना बढी ।

केही परिवारमा लगातार छोरा वा छोरी मात्र जन्मिनु कौतुहलको विषय बन्दै आएको छ । सामान्य धारणा अनुसार यो केवल संयोग हो । तर यो एक संयोग मात्रै नभएको अध्ययनले देखाएको छ ।

यसमा जैविक, अनुवांशिक र वातावरणीय कारकहरूले प्रभाव पार्ने हालैको एक अध्ययनले देखाएको छ । हार्वर्ड विश्वविद्यालयको टिमले गरेको अनुसन्धानमा यो रहस्यमय ढाँचालाई गहिराइमा अध्ययन गरेको छ र केही रोचक तथ्यहरू बाहिर ल्याएको छ ।

हार्वर्डको अनुसन्धान : तथ्य र तथ्यांक

हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले सन् १९५७ देखि २०१५ सम्म अमेरिकामा जन्मिएका ५८,००० भन्दा बढी महिला नर्सहरूको जन्म अभिलेखहरूको विश्लेषण गरे । यो अध्ययन साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको छ । यसले बच्चाहरूको लिंग अनुपातमा केही नयाँ ढाँचाहरू उजागर गरेको छ ।

दुई बच्चा हुँदा मिश्रित लिंगको ढाँचा

दुई बच्चा भएका परिवारहरूमा सामान्यतया एक छोरा र एक छोरी हुने सम्भावना सबैभन्दा बढी देखियो । यो तथ्यले सामान्य जैविक सम्भावनालाई पुष्टि गर्छ, जहाँ प्रत्येक बच्चाको लिंग ५०/५० को अनुपातमा निर्धारण हुने अपेक्षा गरिन्छ । यस्तो अवस्थामा, लिंग निर्धारण प्रक्रिया अपेक्षाकृत स्वतन्त्र र संयोगमा आधारित देखिन्छ ।

तीन वा बढी बच्चामा लिंगको एकरूपता

जब परिवारमा तीन वा त्यसभन्दा बढी बच्चाहरू हुन्छन्, तब लिंगको ढाँचा परिवर्तन हुन्छ । अनुसन्धानले देखाएअनुसार यस्ता परिवारहरूमा या त सबै छोरा वा सबै छोरी हुने सम्भावना बढी हुन्छ ।

यो तथ्यको उदाहरण:

यदि परिवारमा पहिले नै तीन छोरा छन् भने, चौथो बच्चा पनि छोरा हुने सम्भावना ५२ प्रतिशत हुन्छ ।

यदि परिवारमा पहिले नै तीन छोरी छन् भने, चौथो बच्चा पनि छोरी हुने सम्भावना ५५ प्रतिशत हुन्छ ।

यो तथ्यांकले सामान्य ५०/५० को सम्भावनाभन्दा केही भिन्नता देखाउँछ, जसले यो संकेत गर्छ कि, लिंग निर्धारणमा जैविक वा अन्य कारकहरूले प्रभाव पारिरहेका छन् ।

उमेरको भूमिका

अनुसन्धानअनुसार आमाको उमेरले बच्चाको लिंगमा प्रभाव पार्छ । विशेषगरी, ३० वर्ष वा त्यसभन्दा बढी उमेरमा पहिलो बच्चा जन्माउने महिलाहरूमा सबै बच्चाहरू एउटै लिंगका हुने सम्भावना बढी हुन्छ । यो सम्भावना ३० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउने महिलाहरूको तुलनामा उल्लेखनीय रूपमा उच्च छ । यसले उमेरसँग सम्बन्धित हार्मोनल वा जैविक परिवर्तनहरूले लिंग निर्धारणमा प्रभाव पार्न सक्ने कुरालाई संकेत गर्छ ।

छोरी जन्मिने सम्भावना बढी

अनुसन्धानका वरिष्ठ लेखक जर्जले वाशिंगटनले बताएअनुसार, यदि परिवारमा पहिले नै दुई वा तीन छोरी छन् र छोरा जन्माउने प्रयास गरिएको छ भने, अर्को बच्चा पनि छोरी नै हुने सम्भावना बढी हुन्छ । यो प्रवृत्ति विशेष गरी ठूलो संख्यामा बच्चा भएका परिवारहरूमा देखिन्छ ।

किन हुन्छ यस्तो ?

लिंग निर्धारण फ्रक्रियालाई सामान्यतया त्रोमोजोमहरूले नियन्त्रण गर्छ । मानव शरीरमा लिंग निर्धारण फुरुषको शुक्रकीटको एक्स वा वाई त्रोमोजोम र महिलाको एक्स क्रोमोजोमको संयोजनले हुन्छ ।

एक्स–एक्स संयोजनले छोरी जन्मिन्छ ।

एक्स–वाई संयोजनले छोरा जन्मिन्छ ।

सामान्यतया, यो प्रक्रिया ५०/५० को सम्भावनामा आधारित हुन्छ । तर हार्वर्डको अनुसन्धानले यो देखाउँछ कि, यो प्रक्रिया पूर्णरूपमा स्वतन्त्र नहुन सक्छ । यहाँ केही सम्भावित वैज्ञानिक कारणहरू छन् ।

शुक्रकीटको जैविक प्रभाव

फुरुषको शुक्रकीटमा एक्स र वाई त्रोमोजोम बोकेका शुक्राणुहरूको गतिशीलता, बाँच्ने क्षमता वा निषेचन क्षमता विभिन्न जैविक कारकहरूले प्रभावित हुन सक्ने केही अनुसन्धानले देखाएका छन् ।

उदाहरणका लागि, पुरुष र महिलाको हार्मोनल स्तरले शुक्रकीटको चयनमा प्रभाव पार्न सक्छ । यदि कुनै विशेष हार्मोनको स्तरले एक्स–क्रोमोजोम बोकेका शुत्राणुहरूलाई प्राथमिकता दिन्छ भने, छोरी जन्मिने सम्भावना बढ्छ ।

केही परिवारमा वंशाणुगत प्रवृत्तिहरूले लिंग अनुपातलाई प्रभावित गर्न सक्छ । उदाहरणका लागि, यदि कुनै फरिवारमा वाई क्रोमोजोम बोकेका शुत्राणुहरूको उत्पादन वा प्रभावकारिता उच्च छ भने, छोरा जन्मिने सम्झावना बढ्छ । यस्तै, एक्स–क्रोमोजोम बोकेका शुत्राणुहरूको प्रभुत्वले छोरी जन्मिने सम्भावना बढाउँछ । यी वंशाणुगत कारकहरू पुस्तौंपुस्ता सर्न सक्छन् ।

महिलाको उमेरसँगै उनको हार्मोनल प्रोफाइलमा परिवर्तन हुन्छ, जसले लिंग निर्धारणमा प्रभाव पार्न सक्छ। विशेषगरी, ३० वर्षभन्दा माथिका महिलाहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनहरूको स्तरमा परिवर्तनले शुक्राणुको चयन प्रक्रियालाई प्रभावित गर्न सक्छ । साथै, पुरुषहरूमा ऊमेरसँगै शुक्राणुको गुणस्तर र एक्स/वाई त्रोमोजोम अनुपातमा पनि परिवर्तन आउन सक्छ ।

वातावरणीय कारकहरू, जस्तै तनाव, खानपान र रासायनिक प्रदूषणले पनि लिंग अनुपातलाई प्रभावित गर्न सक्छ । उदाहरणका लागि उच्च तनावले महिलाको प्रजनन् प्रणालीमा परिवर्तन ल्याऊन सक्छ, जसले एक्स–क्रोमोजोम बोकेका शुत्राणुहरूलाई प्राथमिकता दिन सक्छ ।

थप रोचक तथ्यहरू

सामाजिक र सांस्कृतिक प्रभाव

केही समाजमा छोरा वा छोरीको अपेक्षा र सामाजिक दबाबले पनि परिवारको बच्चा जन्माउने निर्णयलाई प्रभावित गर्न सक्छ । उदाहरणका लागि, यदि कुनै परिवारमा पहिले नै तीन छोरी छन् र समाजले छोरालाई प्राथमिकता दिन्छ भने, त्यस्ता परिवारहरूले थप बच्चा जन्माउने प्रयास गर्न सक्छन्, जसले लिंग अनुपातको ढाँचालाई प्रभावित गर्न सक्छ ।

चिकित्सा हस्तक्षेप

आधुनिक प्रजनन प्रविधिहरू, जस्तै इन भिट्रो फर्टिलाइजेसन र प्रि–इम्प्लान्टेसन जेनेटिक डायग्नोसिसले परिवारहरूलाई बच्चाको लिंग छनोट गर्ने अवसर प्रदान गर्छ । यस्ता प्रविधिहरूले केही परिवारहरूमा एकै लिंगका बच्चाहरूको ढाँचालाई थप बलियो बनाउन सक्छ ।

छोरा छोरी बच्चा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुनै परिवारमा छोरा मात्रै र कुनैमा छोरी मात्रै किन जन्मिन्छन् ?

कुनै परिवारमा छोरा मात्रै र कुनैमा छोरी मात्रै किन जन्मिन्छन् ?

बलिउड फिल्म ‘सैयारा’ले उठाएको प्रश्न, के युवा अवस्थामै अल्जाइमर देखिन्छ ?

बलिउड फिल्म ‘सैयारा’ले उठाएको प्रश्न, के युवा अवस्थामै अल्जाइमर देखिन्छ ?

वर्षाको मौसममा स्वास्थ्य जटिलताबाट बच्न दम रोगीले के गर्ने ?

वर्षाको मौसममा स्वास्थ्य जटिलताबाट बच्न दम रोगीले के गर्ने ?

बुबासँग बिताएका ती अन्तिम क्षणहरू

बुबासँग बिताएका ती अन्तिम क्षणहरू

खासमा कस्तो प्रक्रिया हो अण्डादान ? नेपालमा कसरी व्यवस्थित गर्ने ?

खासमा कस्तो प्रक्रिया हो अण्डादान ? नेपालमा कसरी व्यवस्थित गर्ने ?

रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने ६ उपाय

रातको खानापछि रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने ६ उपाय