+
+
Shares

३ व्यक्तिको डिएनए मिलनबाट जन्मिए बच्चा, जसमा छैन कुनै वंशाणुगत रोग

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा तीन व्यक्तिको शारीरिक तत्व प्रयोग गरी जन्मिएका आठ बच्चा गम्भीर वंशाणुगत रोगबाट मुक्त छन्।
  • यो प्रविधिमा आमाको डिम्ब, बाबुको शुक्राणु र तेस्रो दाता महिलाको डिम्ब प्रयोग गरिन्छ।
  • न्यूकासल फर्टिलिटी सेन्टरमा २२ परिवारले सेवा लिएका छन् र सबै बच्चा आफ्नो उमेर अनुसार विकास गरेका छन्।

बेलायतमा हालै आठ जना यस्ता बच्चाहरू जन्मिएका छन्, जसको जन्म तीन जना मानिसको शारीरिक तत्व प्रयोग गरेर भएको छ । यस्तो गरिनुको उद्देश्य चाहिं उनीहरुलाई गम्भीर तथा प्राणघातक वंशाणुगत रोगहरुबाट बचाउनका लागि हो ।

उक्त प्रविधि बेलायती वैज्ञानिकहरूले विकास गरेका हुन् । यसमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई एकजना तेस्रो दाता महिलाको डिम्बसँग मिलाइन्छ।

यद्यपि यो प्रविधि बेलायतमा करिब एक दशकदेखि कानुनी रूपमा वैध छ । तर, यस प्रविधिबाट जन्मिएका बच्चाहरू असाध्य खालको माइटोकन्ड्रियल रोगहरुबाट मुक्त रहेको प्रमाण पहिलोपटक फेला परेको हो।

यो रोग सामान्यतया आमामार्फत बच्चामा सर्छ । यसबाट पीडित मानिसहरुमा शरीरको ऊर्जा छिटै सकिने समस्या हुन्छ।  यो रोगका कारण केही बच्चाहरू जन्मेको केही दिनमै मृत्यु हुने वा उनीहरुका सरीरका विभिन्न अंगले काम गर्न छोड्ने हुन्छ।

परिवारमा पहिले कुनै बच्चा, परिवारका सदस्य वा आमाबाबुलाई यो रोग भइसकेको छ भने नयाँ जन्मिने बच्चामा पनि यो रोगको खतरा हुनसक्ने कुरा दम्पतीहरुलाई जानकारी हुन्छ।

तीन व्यक्तिको शारीरिक तत्व प्रयोग गरेर बनाइएको यो प्रविधिबाट जन्मिएका बच्चाहरूले प्राय: सबैजसो जीन (डीएनए) आफ्ना आमाबाबुबाट प्राप्त गर्छन्। त्यो नै उनीहरुको  आनुवंशिक ब्लुप्रिन्ट हो। तर उनीहरूले तेस्रो दाता महिलाबाट पनि करिब ०.१ प्रतिशत डीएनए पाउँछन्। यो सूक्ष्म परिवर्तन पुस्तान्तरणका रूपमा अगाडि पनि सर्दछ ।

महिलाहरुको अनुभव

माइटोकॉन्ड्रिया बीमारी

यस प्रविधिबाट बच्चा जन्माएका परिवारहरुले आफ्नो परिचय गोप्य राखेका भएपनि न्यूक्यासल फर्टिलिटी सेन्टरमार्फत अज्ञात रूपमा उनीहरूले आफ्ना भावना व्यक्त गरेका छन्। सोही अस्पतालमा उक्त प्रविधिको प्रयोग गरी ती बच्चाहरु जन्माइएको थियो ।

ती आमाहरुले भनेका छन् – वर्षौंको अन्योलपछि यो उपचारले हामीलाई आशा दिएको छ र यहीँ  आशाले हामीलाई सन्तानलाभ प्रदान गरेको छ। माइटोकन्ड्रियल रोगको जुन बोझ थियो, त्यो अब हटेको छ र त्यसको ठाउँमा आशा र खुशीले स्थान लिएको छ।

माइटोकन्ड्रियल रोग के हो ?

माइटोकॉन्ड्रिया

माइटोकन्ड्रियालाई कोषको ऊर्जा घर वा पावरहाउस भनिन्छ। माइटोकन्ड्रिया हाम्रो शरीरका कोशिकाभित्र पाइने स–साना हिस्सा हुन् । माइटोकन्ड्रियाले अक्सिजनको मद्दतले खानालाई ऊर्जामा परिवर्तन गर्छन्, जुन हाम्रो शरीरले इन्धन जस्तै प्रयोग गर्छ ।

माइटोकन्ड्रियाले ठीकसँग काम नगरेको खण्डमा शरीरमा पर्याप्त ऊर्जा उत्पादन हुन सक्दैन जसले गर्दा मुटुको धड्कन चलाउन पनि कठिन हुन्छ। यसका साथै यसले मस्तिष्कमा क्षति पुग्ने, ब्रेनस्ट्रोक हुने, दृष्टि कम हुने, मांसपेशी कमजोर हुने र अंगहरू फेल हुने जस्ता गम्भीर समस्याहरू ल्याउन सक्छ ।

माइटोकन्ड्रिया केवल आमाबाट बच्चामा सर्छ। त्यसैले यो अनौठो प्रजनन प्रविधिमा आमाबाबुका साथै अर्को महिलाको पनि योगदान हुन्छ। जसले आफ्नो स्वस्थ माइटोकन्ड्रिया दान गर्छिन् ।

के हो यो प्रविधि ?

एग में इंजेक्ट किया जा रहा है

यो प्रविधि दश वर्षभन्दा पहिले बेलायतको न्यूकासल विश्वविद्यालय र न्यूकासल अपोन टाइन अस्पताल एनएचएस फाउन्डेशन ट्रस्टमा विकास गरिएको थियो। सन् २०१७ मा एनएचएस अन्तर्गत यसको विशेष सेवा सुरु गरिएको थियो।

यस प्रविधिमा आमा र दाता महिलाको डिम्बलाई प्रोगशालामा बाबुको शुक्राणुसँग निषेचित (फर्टिलाइज) गरिन्छ।

शुक्राणु र डिम्बबाट बनेको डीएनएले जोडी अंगहरू बनाउन थाल्दासम्म भ्रूण विकास हुन्छ। यस प्रक्रियालाई प्रो-न्युक्लिआई भनिन्छ। यी भ्रूणमा कपालको रंग र उचाइ जस्ता मानिसको शरीर बनाउने जानकारीहरु निहीत हुन्छन्।

दुवै भ्रूणबाट प्रो–न्युक्लिआई निकालिन्छ र आमाबाबुको डीएनएको साथ स्वस्थ माइटोकन्ड्रियाले भरिएको भ्रूणमा राखिन्छ।

यस प्रक्रियाबाट जन्मिएको बच्चा आफ्ना आमाबाबुसँग जेनेटिक रूपमा जोडिएको हुन्छ तर उसमा आफ्नो आमामा जस्तो माइटोकन्ड्रियल रोग हुँदैन।

न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार  न्यूकासल फर्टिलिटी सेन्टरमा २२ जना परिवारले यस प्रकारको सेवा लिएका छन्।

यस प्रविधिबाट अहिलेसम्म चारजना बालक र चारजना बालिका जन्मिएका छन्। जसमा एक जुम्ल्याहा पनि छन्।

एचएचएस रेयर माइटोकन्ड्रियल डिसअर्डर सेवा निर्देशक प्राध्यापक बबी म्याकफार्ल्यान्ड भन्छन्- एउटा लामो समयको पर्खाइ र डरपछि जब यी बच्चाहरूका आमाबाबुका अनुहारमा राहत र खुसी देखिन्छ त्यो साँच्चिकै अद्‍भूत अनुभव हो। यी बच्चाहरूलाई जीवन्त, स्वस्थ र सामान्य रूपमा हुर्किरहेको देख्न पाउँदा धेरै शान्ति मिल्छ।

यस प्रविधिबाट जन्मिएका सबै बच्चाहरू माइटोकन्ड्रियल रोगबाट मुक्त छन् र आफ्नो उमेर अनुसारका सबै विकासका चरणहरू समयमै पूरा गरेका छन् ।

जोखिम के छ ?

सांकेतिक तस्वीर

यस प्रविधिसँगै एउटा जोखिम पनि जोडिएको छ।  यदि खराब माइटोकन्ड्रिया स्वस्थ भ्रूणमा सरेमा त्यसले नकारात्मक परिणाम ल्याउन सक्दछ ।

तर, पाँचवटा घटनामा कुनै खराब माइटोकन्ड्रिया भेटिएको छैन। बाँकी तीन घटनामा रगत र पिसाबका नमूनाहरूमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म माइटोकन्ड्रियामा खराबी पाइएको छ। जुन जोखिमपूर्ण स्तरभन्दा निकै कम हो।

यस्तो जोखिमको पहिचान गरी रोक्नका लागि  बुथप अनुसन्धान आवश्यक रहेको शोधकर्ताको भनाइ छ ।

न्यूकासल विश्वविद्यालय र मोनाश विश्वविद्यालयकी प्राध्यापक मेरी हर्बर्ट भन्छिन्– यी नतिजाहरूले आशा जगाएका छन् । तर, माइटोकन्ड्रिया दान  प्रविधिका सीमितताहरू राम्रोसँग बुझ्नका लागि थप अनुसन्धान अत्यन्त जरुरी छ । यसबाट उपचारका नतिजाहरू अझ प्रभावकारी बनाउन सकियोस् ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?