+
+
Shares
शार्क ट्यांक नेपाल :

१ लाखदेखि २ अर्ब ५० करोडसम्म : ‘शार्क ट्यांक नेपाल’मा अहिलेसम्मकै न्यून र धेरै लगानीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १२:२९
बुधबारको एपिसोडमा डेटिङ र म्याट्रिमोनिअल एप ‘बिहे नेपाल’को स्टार्टअप पिच गर्दै नवउद्यमी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शार्क ट्यांक नेपालमा ‘बिहे नेपाल’ एपले १ हजार रुपैयाँ लगानी र १ प्रतिशत इक्विटी माग्दै अहिलेसम्मकै न्यून प्रस्ताव राख्यो।
  • डेरी इन्टरप्राइज ‘डेलिस डेरिज’ले ४ प्रतिशत इक्विटीमा १० करोड लगानी माग्यो तर डिल हुन सकेन।
  • सजिलो सेवाले १५ प्रतिशत एक्सचेन्जमा १.५ करोड लगानी जुटाएर एपिसोडमा सर्वाधिक लगानी पायो।

काठमाडौं । ‘शार्क ट्यांक नेपाल’को बुधबार प्रसारित सातौं एपिसोड खास रह्यो । खास यसअर्थमा कि यो एपिसोडमा अहिलेसम्मकै न्यून र सर्वाधिक भ्यालुएसनका दुई स्टार्टअपले अवधारणा प्रस्तुत गरे ।

सन् २०२२ देखि सुरु भएको डेटिङ तथा म्याट्रिमोनिअल एप ‘बिहे नेपाल’लाई संचालक दिदीबहिनी श्रेया र श्रद्धा कटुवालले आइडिया पिच गरे । बिहेका लागि डिजिटल माध्यमबाट योग्य वर र वधुलाई मिलाउन भूमिका खेल्ने यो प्लाटफर्मले अहिले १२२ मुलुकमा सेवा दिइरहेको छ ।

यो स्टार्टअपको लागि १ हजार रुपैयाँ लगानी र १ प्रतिशत इक्विटीको प्रस्ताव गरिएको थियो । यो प्रस्ताव ‘शार्क ट्यांक नेपाल’मा अहिलेसम्मकै सबैभन्दा न्यून भ्यालुएसन र लगानी रकम प्रस्ताव हो ।

पाँचैजना सार्क सौरभ ज्योति, आनन्द बगरिया, ऋतुसिंह वैद्य र हेमराज ढकाल र क्याबिनेट श्रेष्ठले मागेअनुसार लगानी जुटाइदिए । उनीहरूले लाखौंपटक डाउनलोड भैसकेको यो एपको भूमिका र आइडियाको प्रशंसा गरे ।

डेरी इन्टरप्राइज स्टार्टअप ‘डेलिस डेरिज’ले ४ प्रतिशत इक्विटीमा १० करोड लगानीको माग राख्यो । उनीहरूले कम्पनीको २ अर्ब ५० करोड रूपैयाँको भ्यालुएसन गरी यो रकम मागेका थिए । यसका संस्थापकद्वय सूर्य कार्की र सन्दीप पौडेलले आफ्नो उद्यमको व्यवसायिक योजनाबारे अवधारणा पिच गरे ।

तर, यो स्टार्टअपमा डिल हुन सकेन । ‘शार्क ट्यांक नेपाल’मा यो पिच अहिलेसम्मकै सर्वाधिक लगानी जुटाउनको लागि राखिएको प्रस्ताव थियो । शार्क हेमराजले १० करोड रुपैयाँ र २० प्रतिशत इक्विटीमा लगानी गर्ने प्रस्ताव राखेका थिए तर यसका संचालकले ५.५ प्रतिशत इक्विटीको काउन्टर प्रस्ताव राखे । यसमा सहमति जुट्न सकेन ।

‘सर्भिस एन्ड मेन्टेनेन्स’ आइडिया पिच गरेको सजिलो सेवाले यो एपिसोडमा सर्वाधिक लगानी जुटायो । शार्क क्याबिनेट र सौरभले १५ प्रतिशत एक्सचेन्जमा १.५ करोड लगानी जुटाइदिए ।

सुजित रेग्मी, कविस श्रेष्ठ र पुकार आचार्यले पिच गरेको सजिलो सेवाले घरमा आइपर्ने निर्माण र व्यवस्थापनको क्षेत्रमा कार्य गर्दै आएको छ । शार्क सौरभले यो ब्यवसायको राम्रो सम्भावना रहेको बताउँदै लगानी गरेको बताए ।

बाँसबाट बनेका सामग्री उत्पादन र बिक्री गर्ने ‘ग्रीन गोल्ड ब्याम्बो’ले बाँसका उत्पादनको आइडिया पिच गर्‍यो । यसका संचालक केशव अधिकारीले २५ प्रतिशत इक्विटीमा १ करोड लगानीको प्रस्ताव राखेका थिए । तर, यसमा डिल सकेन ।

शार्क सौरभले चीन र भारतीय उत्पादनसँग प्रतिस्पर्धी हुनसक्ने बाँसका उत्पादन बनाउनुपर्ने धारणा राखेका थिए । ‘शार्क ट्यांक नेपाल’ प्रत्येक बुधबार र विहीबार हिमालय टिभीमा राती ९ बजे र युट्युबमा ९ः३० बजे प्रसारण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?