+
+
Shares

रुसमा दुर्घटनामा परेको विमानमा सवार सबैको मृत्यु भएको आशंका

सोसल मिडियामा सार्वजनिक एक अप्रमाणित भिडियोमा घना जंगलको क्षेत्रमा विमान खसेको देखिन्छ । उक्त विमान साइबेरियास्थित अंगारा एयरलाइन्सको रहेको र ब्लागोभेसेन्स्कबाट टिन्डा जाँदै गरेको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा एन्टोनोभ एएन–२४ मोडेलको विमान दुर्घटनामा परेको छ।
  • दुर्घटनामा सवार ५० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रुसी आपतकालीन सेवाले दिएको छ।
  • अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानमा ५ बालबालिका सहित ४३ यात्रु र ६ चालक दलका सदस्य थिए।

८ साउन, काठमाडौं । रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको विमान बिहीबार दुर्घटनामा परेको हो ।

रुसी आपतकालीन सेवाका अधिकारीहरूका अनुसार ले दुर्घटनामा परेका सबै यात्रुको मृत्यु भएको प्रारम्भिक सूचना प्राप्त भएको रोयटर्सले उल्लेख गरेको छ ।

सन् १९७६ मा बनेको यो विमान करिब ५० वर्ष पुरानो भएको बताइएको छ । हेलिकप्टरमा सवार भएका व्यक्तिहरुले जंगलमा दुर्घटनाग्रस्त विमानमा आगो बलिरहेको देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सोसल मिडियामा सार्वजनिक एक अप्रमाणित भिडियोमा घना जंगलमा विमान खसेको देखिन्छ । उक्त विमान साइबेरियास्थित अंगारा एयरलाइन्सको रहेको र ब्लागोभेसेन्स्कबाट टिन्डा जाँदै गरेको जनाइएको छ । उडानको क्रममा टिन्डा नजिकै जंगलमा पुग्दा विमानसँग राडारको सम्पर्क टुटेको थियो ।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ५ बालबालकिासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

रुसी आपतकालीन सेवाकी अधिकारी युलिया पेतिनाले टेलिग्राममा लेखेकी छन्, ‘खोजी अभियानका क्रममा रोसाभियात्सियाको एमआई–८ हेलिकप्टरले विमान जलेको अवस्थामा फेला पारेको हो ।’

उनका अनुसार उद्धारकर्मीहरू घटनास्थलतर्फ पुग्ने प्रयासमा छन् । विमान दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान गरिने रुसी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?